काठमाडौं । एनआईसी एसिया बैंकले कैलालीको एक विद्यालयलाई खानेपानी ट्यांकी र पम्प प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको गोदावरी नगरपालिका-५, स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको हो ।
विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरिएको बैंकले जनाएको छ । वैशाख १६ गते एक कार्यक्रमका बीच बैंकका सर्कल हेड धनगढीका दिपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्रराज ओझाज्यूलाई खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरेका हुन् ।
फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।








