काठमाडौं । डाउन पेमेन्टविनै शून्य ब्याजदरमा अनर ब्राण्डका स्मार्टफोन खरिद गर्न एनआईसी एसिया बैंक र इफिक्सबीच सम्झौता भएको छ । इफिक्स अनर ब्रान्डको स्मार्टफोनको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र इफिक्स नेपालका तर्फबाट आइटी म्यानेजर अश्विनगोपाल शर्माले हस्ताक्षर गरेका छन् ।

ADVERTISEMENT

आफ्ना ग्राहकहरुको डिजिटल बैंकिङसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ ।

ADVERTISEMENT

सम्झौताअनुसार एनआईसी एसिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदरमा अनर ब्राण्डका स्मार्टफोनहरू efix.com.np बाट क्रेडिट कार्डमार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले कुनै थप ब्याजबिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्नसक्ने गरी आकर्षक स्मार्टफोन खरिद गर्नसक्ने विशेष लाभ हासिल गर्न सकिने र मासिक किस्तावन्दीका लागि बैंकको पोर्टल instabuy.nicasiabank.com बाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिने जनाइएको छ ।

ADVERTISEMENT

साथै, विदेशमा रहेका नेपालीहरूले समेत इफिक्स नेपालको वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे साइबरसोर्स प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्नेछन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलका अनुसार यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था छ ।