काठमाडौं । एनआईसी एसिया बैंकले भक्तपुरस्थित सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चाँगुनारायण नगरपालिका–८ मा रहेको विद्यालयलाई स्मार्ट बोर्ड सहयोग गरेको हो ।

हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयका विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ स्मार्ट बोर्ड प्रदान गरेको बैंकले जनाएको छ ।

बुधबार आयोजित कार्यक्रममा बैंकका काठमाडौं इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसन्जिप पुरीलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेका हुन् ।

ADVERTISEMENT

विद्यालयका उपप्रधानाध्यापकद्वय निरा गिरी र गोबिन्द नेपालसहित अन्य शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति थियो ।

ADVERTISEMENT

बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

ADVERTISEMENT