काठमाडौं । गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा गत शुक्रबार काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा बैंकले यो अवार्ड पाएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई अवार्ड प्रदान गरे । । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकले निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु, सम्पूर्र्ण कर्मचारीहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।
गरिमा विकास बैंक भारतीय चेम्बर अफ कमर्शद्वारा २९ अगष्ट २०२५ मा आयोजित इमर्जिङ एसिया बैंकिङ अवार्डमा उत्कृष्ट भएको थियो ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।








