काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रदान गर्ने ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०२५’ अन्तर्गत विकास बैंक समूहमा सिल्भर अवार्ड प्राप्त गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा पारदर्शिता, उत्तरदायित्व र सुशासनसम्बन्धी मापदण्ड पूरा गरेको आधारमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको आइक्यानले जनाएको छ।

ADVERTISEMENT

काठमाडौंमा आयोजित एक कार्यक्रममा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई अवार्ड हस्तान्तरण गरेका थिए।