काठमाडौं यो साता शेयर बजार परिसुचक नेप्से २७ सय ४५ दशमलव ६५ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६७ दशमलव ३३ बिन्दुुमा कायम भएको छ ।
यो साता तीन सय ४१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ७६ हजार पाँच सय ८० पटकको कारोबारमा तीन करोड ९१ लाख दुई हजार छ सय ६२ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १७ अर्ब १२ करोड १० लाख ६४ हजार आठ सय चार १४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा चार अर्ब रुपैंयाँले कम हो ।
गत साता तीन सय ५१ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार चार लाख १६ हजार सात सय ९२ पटकको कारोबारमा तीन करोड ८१ लाख ७९ हजार छ सय ८० कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २१ अर्ब १८ करोड ३४ लाख ५३ हजार तीन सय चार ७६ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो दिन ओरालो लागेको नेप्से परिसुचक त्यसपछिका बाँकी दिनहरुमा उकालो लागेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसुचक ३४ दशमलव ६३ अंकले ओरालो लागेर दुई हजार सात सय चार दशमलव शुन्य आठ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३७ अंकले ओरालो लागेर चार सय ६१ दशमलव शुन्य पाँच बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक आठ दशमलव ७८ अंकले उकालो लागेर दुई हजार सात सय १२ दशमलव ८६ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २६ अंकले उकालो लागेर चार सय ६२ दशमलव ३२ बिन्दुमा चढेको थियो । तेस्रो दिन बुधबार नेप्से परिसुचक एक दशमलव ६४ अंकले ओरालो लागेर दुई हजार सात सय ११ दशमलव २२ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ८० अंकले उकालो लागेर चार सय ६३ दशमलव १२ बिन्दुमा चढेको थियो । चौथो दिन बिहिबार भने नेप्से परिसुचक छ दशमलव ९४ अंकले उकालो लागेर दुई हजार सात सय १८ दशमलव १६ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९५ अंकले उकालो लागेर चार सय ६४ दशमलव शुन्य आठ बिन्दुमा चढेको थियो । पाँचौं दिन शुक्रबार पनि नेप्से परिसुचक २७ दशमलव ४९ अंकले उकालो लागेर दुई हजार सात सय ४५ दशमलव ६५ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २४ अंकले उकालो लागेर चार सय ६७ दशमलव ३३ बिन्दुमा चढेको थियो ।
यो साता बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड, नेशनल हाईड्रो पावर लिमिटेड आदि अगाडि परेका छन् भने शेयर कारोबार भएको संख्याको आधारमा नेशनल हाईड्रोवार कम्पनी लिमिटेड, होटल फरेष्ट इन नेपाल लिमिटेड, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।






