काठमाडौं । नबिल बैंक बैंकिङ क्षेत्रका तीनवटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ।

नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने निजी क्षेत्रको बैंकतर्फको गोल्ड अवार्ड प्राप्त गरेको हो। यसका साथै बीपिए पुरस्कारको इतिहासमै पहिलोपटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अर्वार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ सर्टिफिकेट अफ मेरिट पनि बैंकले पाएको छ।

ADVERTISEMENT

यस वर्ष पहिलोपटक प्रदान गरिएका यी दुई विधा तथा तेस्रोपटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) गरी एकैपटक तीनवटा अवार्डबाट नबिल बैंक सम्मानित भएको छ।

मंगलबार काठमाडौंमा आयोजित एक समारोहबीच आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरद्वारा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीप बाबु पौडेललाई अवार्डहरु हस्तान्तरण गरे।

ADVERTISEMENT

आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यो अवार्ड दिएको हो। अवार्ड छनोटमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दीगोपना जस्ता मापदण्ड राखिएको थियो। नबिल बैंकलाई यी सबैमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको आइक्यानले जनाएको छ।

नबिल बैंकले सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदका लागि पनि यो पुरस्कार पाएको थियो। बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसियाली स्तारमा आयोजना गरिने साफा बिपिए अवार्डका लागि समेत मनोनीत हुने आयोजक संस्थाले जनाएको छ।

नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ।