काठमाडौं । प्रभु बैंकको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा लगानी आवेदन खुलेको छ । प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि दुई करोड ५० लाख इकाइ बिक्रीका लागि आवेदन माग गरिएको छ ।

न्यूनतम एक सय तथा अधिकतम ३१ लाख इकाइका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । जेठ २७ तथा सो अवधिमा सम्पूर्ण रुपमा बिक्री नभएमा असार ६ गतेसम्म आवेदनको म्याद छ ।

ADVERTISEMENT

अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । साथै आफ्नो खाता रहेको आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले यो योजनानलाई ट्रिपल बी माइनस प्रदान गरेको छ ।