काठमाडौं । तीन दिन लगातार बन्द भएर सोमबार खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ मा झरेको छ । अघिल्लो साता निरन्तर घटेको सेयर बजारमा साताको पहिलो दिन पनि त्यसले निरन्तरता पाएको छ ।
आज २४१ स्टकको एक करोड ७४ हजार ५२४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएकामध्ये २४४ स्टकको मूल्य घट्दा २७ वटाको बढेको छ । दुईवटाको स्थिर रह्यो।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३१ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको करिब १८ करोड रुपैयाँ, नेसनल हाइड्रोपावरको साढे १५ करोड रुपैयाँको कारोबार भएको छ ।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।माइक्रोफाइनान्स समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।






