काठमाडौं । साताको चौथो दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा झरेको छ ।

दिनभर सेयर बजारमा निकै उतारचढाब आएको थियो । नेप्से परिसूचक घटेर ३२ अंकसम्म पुगेको थियो । तर बन्द हुने बेला एकल अंकले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

ADVERTISEMENT

आज ३४६ कम्पनीको एक करोडभन्दा बढी सेयर किनबेच हुँदा चार अर्ब ९१ करोडभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरैले रिलायन्स स्पिनिङ मिल्सको २६ करोडभन्दा बढीको कारोबार भएको छ । आँखुखोला जलविद्युतको २१ करोड, नेसनल हाइड्रोको १९ करोड, शिवम सिमेन्टको १७ करोड र एनआरएन इन्स्ट्रक्चरको १५ करोडभन्दा माथिको कारोबार भएको छ ।

बिहीबार कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्न सकेन । सबैभन्दा बढी श्रीनगर एग्रिटेक कम्पनीको सेयर मूल्य १२ प्रतिशतले बढेको छ । आज पनि कर्पोरेट बैंकको सेयर मूल्यमा १० प्रतिशत नकारात्मक सर्किट लागेको छ ।

ADVERTISEMENT