काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ । साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।

ADVERTISEMENT

बैठकबाट केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ अध्यादेश सिफारिस हुन लागेको छ । गत साउन १४ गते पनि सोही ऐनका एक दर्जन प्रावधान संशोधन गरिएको थियो । अहिले सोही मोडलमा संवैधानिक परिषदको गठनसम्बन्धी अध्यादेशलगायत दर्जनौं कानुन संशोधनको तयारी अन्तिम चरणमा पुगेको बताइन्छ ।

यसअघि गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको संघीय संसदको दुबै सदनको अधिवेशन भोलिपल्टै रोकिएको थियो । अध्यादेश ल्याउनकै लागि संसद् बैठक बोलाएर पनि स्थगित गरिएको बताइन्छ ।

ADVERTISEMENT

सरकारले निजामती ऐनलगायत दर्जनौं ऐन सोही माध्यमबाट एकमुष्ठ अध्यादेशमार्फत् संशोधनको तयारी गरेको बुझिन्छ । यसअघि साउनमा संसदबाट पारित ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२’ संशोधनमार्फत् प्रहरी ऐन,गैर सैनिक हवाई उडान ऐन, ब्रेटन उड्स सम्झौता ऐन, कर्मचारी सञ्चयकोष ऐन, मेडिकल काउन्सिल ऐन, स्थानीय प्रशासन ऐनलगायत पारित भएको थियो ।