काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा)ले आफ्नो १६ सदस्यीय सचिवालय बनाएको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले भूपदेव शाहलाई महामन्त्री र केन्द्रीय सदस्य सागर ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालयमा मनोनित गरेसँगै सचिवालय १६ सदस्यीय बनेको हो ।

ADVERTISEMENT

पार्टी स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका बालेन शाहसँग भएको प्रारम्भिक सहमतिअनुसार उनको समूहबाट सुनील लम्साललाई महामन्त्री र भूपदेव शाहलाई सहमहामन्त्री बनाउने तथा बालेन शाहलाई वरिष्ठ नेता बनाउने मौखिक समझदारी भएको थियो ।

ADVERTISEMENT

उक्त सहमतिअनुसार बालेन शाहलाई वरिष्ठ नेताका रूपमा पदभार ग्रहण गराइएको भए पनि अन्य निर्णयहरू भने औपचारिक रूपमा अनुमोदन हुन बाँकी थिए ।

सोमबारको केन्द्रीय समिति बैठकले सचिवालय विस्तारलाई पूर्णता दिएको हो ।

ADVERTISEMENT

रास्वपा सचिवालयः

रवि लामिछाने– सभापति

स्वर्णिम वाग्ले– उप सभापति

कविन्द्र बुर्लाकोटी– महामन्त्री

भूपदेव साह– महामन्त्री

विपिन आचार्य– सहमहामन्त्री

लिमा अधिकारी– कोषाध्यक्ष

वसु माया तामाङ– सहकोषाध्यक्ष्य

मनिष झा– प्रवक्ता

गणेश पराजुली– सचिवालय सदस्य

दिपक बोहरा– सचिवालय सदस्य

बिराज भक्त श्रेष्ठ– सचिवालय सदस्य

शिशिर खनाल– सचिवालय सदस्य

सोबिता गौतम– सचिवालय सदस्य

हरि ढकाल– सचिवालय सदस्य

सागर ढकाल– सचिवालय सदस्य

सरिता श्री ज्ञवाली– सचिवालय सदस्य