काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पदभार ग्रहणपछि पहिलो शिष्टाचार भेट गरेकी छन्।सोमबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भएको भेटमा दुवैबीच आगामी कार्यसम्पादनसँग सम्बन्धित विषयमा संक्षिप्त छलफल भएको सचिवालयले जनाएको छ।

भेटका क्रममा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।सचिवालयका अनुसार भेटमा संसद् सञ्चालन, समन्वय र भावी कार्यदिशा सम्बन्धी विषयमा प्रारम्भिक छलफल भएको हो।