काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ उक्त विवरण सार्वजनिक गरेको हो।

नयाँ सरकार गठन भएपछि पनि सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै विभिन्न तहबाट प्रश्न उठिरहेका थिए। पारदर्शिता र जवाफदेहितासँग जोडिएको विषय भएकाले सरकारमाथि दबाब बढ्दै गएको थियो।

ADVERTISEMENT

यसैबीच मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दै विवादको अन्त्य गर्ने प्रयास गरेको हो। सार्वजनिक विवरणमा प्रधानमन्त्री तथा मन्त्रीहरूको व्यक्तिगत सम्पत्ति, अचल सम्पत्ति र अन्य आर्थिक विवरण समेटिएको जनाइएको छ।

ADVERTISEMENT