काठमाडौं । डिजिटल भुक्तानी सेवामा अग्रणी संस्था फोनपेले ग्लोबल मनी विक (मार्च २३–२९) को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सम्पन्न गरेको छ ।
स्मार्ट मनी टल्क्सको मूल सन्देशलाई केन्द्रमा राख्दै, यस अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा स्मार्ट आर्थिक निर्णयका बारेमा सचेत गराइएको फोनपेले जनाएको छ ।
फोनपेले देशव्यापी रूपमा आफ्नो पहुँच विस्तार गर्दै चार प्रदेशका ६ सहरका १२ कलेजमा १८ सेसनमार्फत एक हजार ९० भन्दा बढी तथा पाँच प्रदेशका नौ सहरका २८ विद्यालयमार्फत चार हजार नौ सय ६१ भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ ।
कार्यक्रममा मनोरञ्जनात्मक खेल, क्विज तथा नाटक जस्ता गतिविधिमार्फत विद्यार्थीहरूलाई खर्च व्यवस्थापन, बचत र सही वित्तीय जानकारीबारे सिकाइएको थियो।
यसैअन्तर्गत आयोजित फाइनान्सियल लिटरेसी स्टुडेन्ट भिजिट कार्यक्रममा काठमाडौँ उपत्यकाका ४० भन्दा बढी विद्यार्थीहरूलाई फोनपेले आफ्नो कार्यालयमा आमन्त्रण गरी ‘इन्टरएक्टिभ’ खेलहरु साथै डिजिटल भुक्तानी र वित्तीय सुरक्षासम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
डिजिटल माध्यममा स्किट भिडियो, डिनी स्मार्ट कनभोस, मेमे बेस्ड कन्टेन्ट, क्विज र स्मार्ट मनी टिप्समार्फत पनि व्यापक सचेतना फैलाइएको थियो ।
फोनपेले यस्ता अभियानमार्फत सुरक्षित र जिम्मेवार डिजिटल अर्थतन्त्र निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनहरूमा पनि यस्ता पहललाई निरन्तरता दिने जनाएको छ ।








