बैतडी। बैतडीमा १६ वर्षमुनिका क्रिकेट खेलाडीका लागि निःशुल्क प्रशिक्षण सुरु गरिएको छ। राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द र पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दको पहलमा प्रशिक्षण सञ्चालनमा ल्याइएको हो।
दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित मैदानमा आजदेखि सुरु भएको प्रशिक्षणमा ४८ जना खेलाडी सहभागी भएका छन्। हाल मैदानमा अभ्यास खेलसमेत सञ्चालन भइरहेको छ।
मुख्य प्रशिक्षक दीपेन्द्र चन्दका अनुसार स्थानीयस्तरमा क्रिकेटको विकास गर्नुका साथै नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले ‘क्लोज क्याम्प’ सञ्चालन गरिएको हो।
जिल्ला क्रिकेट सङ्घले पनि प्रशिक्षण कार्यक्रमलाई आवश्यक सहयोग गर्ने जनाएको छ।






