काठमाडौँ । राज्यले पर्यावरणीय रूपमा उपायोगी स्थानीय सामग्री उपभोग तथा प्रवर्धन गर्नुपर्ने माग राख्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख मेयर तीर्थराज भट्टराईले आइतबारदेखि राजधानीको माइतीघर मण्डलामा भोक हडताल सुरु गर्नुभएको छ ।

बाँस तथा बाँसजन्य सामग्री प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने मागसहित हडतालमा बस्नुभएको भट्टराईले १३ गतेसम्म आफ्नो माग पूरा नभए अनशन सुरु गर्ने बताउनुभएको छ । उहाँकै पहलमा यसअघि बाँस सम्मेलन भएको थियो ।

स्थानीय रूपमा उत्पादित सामग्री प्रयोगले रोजगारी वृद्धि हुने र बसाइँसराइ रोक्ने मात्र नभई विश्वव्यापी रूपमा देखापरेका जलवायु परिवर्तनको असरलाई पनि कम गर्ने उहाँको दाबी छ । कानुन कार्यान्वयन गर्ने तहमा रहनुभएका स्थानीय तहका प्रमुखै सङ्घीय सरकारलाई गुहार माग्दै किन हडतालमा उत्रनुपर्‍यो रु भट्टराई भन्नुहुन्छ, “स्थानीय तहमा हाम्रोतर्फबाट गर्न सक्ने काम गरिरहेका छौँ ।
निर्वाचित भएपछि प्रमुख र उपप्रमुख दुवैको कार्यकक्षमा स्थानीय बाँसका फर्निचर तथा सामग्री प्रयोग गरिएको छ । नगरपालिका अन्तर्गतका निकायले यसअघि खरिद गरेका सामग्री यदि प्रयोगहीन अवस्थामा पुगेको छ भने त्यसलाई पनि विस्थापित गरेर आगामी दिनमा स्थानीयस्तरमा उत्पादन हुने काठ तथा बाँसका सामग्रीबाट निर्मित सामग्री नै किन्ने नीति पारित भएको छ ।”

स्थानीय रूपमा उत्पादित राडीपाखी प्रर्वधन गर्न सरकारी निकायले ती सामग्री प्रयोग गर्ने नीति बनाउनुपर्ने, पहाडी क्षेत्रमा देखिएका बाँदर तथा वन्यजन्तु आतङ्क नियन्त्रण गर्न नीतिगत निर्णय गर्नुपर्नेलगायतका सातबुँदे माग राख्नुभएको छ ।

यसमा राज्यको ध्यान जानु पर्छ ।” निर्माण व्यवसायीका अनुसार घर तथा आवास निर्माणक्रममा राज्यले लिएको अहिलेको नीति निकै विरोधाभासपूर्ण छ । राज्यको नीति अनुसार हरेक सरकारी भवन निर्माण गर्दा अहिले काठ प्रयोग गर्नुपर्ने अवस्थामा सालकै काठ प्रयोग गर्नु पर्छ तर नेपालमा सालको काठ काट्न प्रतिबन्ध छ । यो नीति परिवर्तन गरेर नेपालको काठ प्रयोग गर्न पाउनुपर्ने उहाँको माग छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट वार्षिक करिब करिब ४३ अर्ब ५२ करोड ७७ लाख रुपैको सालको काठ तथा अन्य काठजन्य वस्तु आयात गरेको छ । करिब ७८ अर्ब ४० करोड रुपैयाँको त फर्निचर मात्र आयात गरिएको छ । जानकारहरूका अनुसार विश्वका थुप्रै देशमा बाँसलाई फर्निचर तथा भवन निर्माणमा पनि प्रयोग गरिन्छ । नेपालमा भवन निर्माण गर्दा बाँसको प्रयोग प्रतिबन्ध छ ।