काठमाडौं । सामसङले आफ्नो नयाँ सिरिज ग्यालेक्सी ए५७ ५जी र ए३७ ५जीको प्रि अर्डर खुला गरेको छ । यी डिभाइसमा आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर टुलहरू समावेश गरिएको सामसङले जनााएको छ ।
पेसेवर, विद्यार्थी वा दैनिक प्रयोगकर्ताहरूका लागि नयाँ ग्यालेक्सी ए सिरिजलाई दैनिक कामहरु अझ सहज रूपमा गर्न डिजाइन गरिएको सामसङले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सामसङका अनुसार ग्यालेक्सी ए५७ ५जी र ए३७ ५जी को प्रि अर्डर मे ५ देखि अप्रिल १८ सम्म खुला रहनेछ ।
एमएक्स बिजनेस सामसङ नेपालका वरिष्ठ निर्देशक प्रयागराज स्थापित भन्छन्, ‘नयाँ ग्यालेक्सी ए सिरिजले एआइलाई सबै प्रयोगकर्तासम्म पु¥याउने हाम्रो प्रतिबद्धता झल्काउँछ । सामसङको मुख्य क्षमतासँग एसम बौद्धिकता थपिएपछि ग्यालेक्सी ए५७ ५जी र ए३७ ५जी ले दैनिक प्रयोगका लागि विश्वसनीय प्रदर्शन दिनेछ । साथै, २४ महिनासम्मको इएमआई सुविधा ल्याएर हामीले अत्याधुनिक प्रविधिलाई अझ सहज रूपमा पहुँचयोग्य बनाएका छौं’, उनले भने ।
यस्तो छ मुख्य विशेषता
वन युआइ ८.५ द्वारा सञ्चालित फोनहरूमा सामसङको एसम बौद्धिकता उपलब्ध ।
भ्वाइस ट्रान्सक्रिप्सनले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रुपान्तरण गर्ने ।
एआई सेलेक्टले स्क्रिनमा देखिएका वस्तुहरु सजिलै चयन र प्रयोग गर्न सहयोग गर्छ ।
दुवै फोनमा ५० मेगा पिक्सल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप छ ।
स्लिम बेजेल र आधुनिक डिजाइनसहित यी फोनहरू उपलब्ध छन् ।
ग्यालेक्सी ए५७ ५जी ६.९ एमएम पातलो र हल्का छ ।
ब्याट्रीले दुई दिनसम्म प्रयोग गर्न सकिने ।
ग्यालेक्सी ए५७ ५जी को १२ जीबी÷२५६ जीबीको मूल्य ८९ हजार ९९९ रुपैयाँ
ए५७ ५जी को ८ जीबी÷२५६ जीबीको मूल्य ८४ हजार ९९९ रुपैयाँ
ग्यालेक्सी ए३७ ५जी को १२ जीबी÷२५६ जीबीको मूल्य ७९ हजार ९९९ रुपैयाँ
८ जीबी÷२५६ जीबीको मूल्य ७२ हजार ९९९ रुपैयाँ
८ जीबी÷१२८ जीबीको मूल्य ६४ हजार ९९९ रुपैयाँ









