काठमाडौं । प्रहरीले कलाकार सागर लम्साल बलेका विषयमा अपुष्ट र भ्रामक सूचना नफैल्याउन चेतावनी दिएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका सागरमाथि अनुसन्धान भइरहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमहरूमा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सागरलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन पाँच दिनको म्याद थप गरिदिएको छ । प्रहरीले यस घटनालाई लिएर सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमहरूमा फैलिएका अपुष्ट र भ्रामक सूचनाहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

ADVERTISEMENT

उक्त सन्दर्भमा सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा समाचार एजेन्सीको नाममा सञ्चालित एकाउन्टबाट विभिन्न प्रकारका अभिव्यक्ति, धारणा र सूचना सम्प्रेषित भएको प्रति ध्यानाकृष्ट भएको छ। अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न नगराउनको लागि सबैमा हार्दिक अनुरोध गरिन्छ,’ एसपी पवन भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

अभिनेता सागरको १७ वर्ष लामो करियर अहिले एउटा युवतीको स्ट्याटसका कारण गम्भीर मोडमा पुगेको छ । अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लगाएको बलात्कारको आरोपपछि प्रहरीले सागरलाई हिरासतमा राखेको छ । सागरले यो स्टाटसबाट मर्माहत हुँदै आफ्नो दशकौँ लामो प्रतिष्ठा क्षणभरमै ध्वस्त भएको अभिव्यक्ति दिएका छन् । निर्देशक राजु गिरीले सागरको यो धारणा बाहिर ल्याएपछि प्रहरी कडा बनेको हो ।

सागरविरुद्ध हालसम्म प्रहरीमा कुनै औपचारिक किटानी जाहेरी परेको छैन । सामाजिक सञ्जालको एउटा पोस्टलाई आधार मानेर प्रहरीले उनलाई पक्राउ गरेको हो । जाहेरी नभएकै कारण उनलाई बलात्कारको मुद्दामा नभई शान्ति सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पाँच दिनको अनुमति दिएका छन् ।

बलात्कार आरोप लागेपछि सागरलाई चलचित्र ‘पाँच पाण्डव’ बाट निष्कासित गरिसकिएको छ । उनकै मुख्य भूमिका रहेको ‘डल्लेले इन्ट्री मार्‍यो’ को भविष्य पनि अन्योलमा परेको छ ।