काठमाडौं । रास्वपा सभापति र जसपा नेपालका नेता महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । मंगलबार लामिछाने निवास बुढानीलकण्ठ पुगेर ठाकुरले भेट गरेका हुन् ।
दुई नेताहरूबिच वर्तमान राजनीति, मधेशको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ ।
पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन्।
ठाकुर आबद्ध पार्टी जसपाले प्रतिनिधिसभामा एक सिट पनि जित्न सकेन । तर ठाकुर भने राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । कांग्रेस र एमालेको सहयोगमा उनी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।








