काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले अधिवेशन बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार, मन्त्रिपरिषद्ले सोमबार चैत १९ गते अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा संसद् बैठक बोलाइएको हो।

सरकारले चैत १९ गते दिउँसो २ बजे संघीय संसद्को बैठक बस्ने गरी प्रस्ताव गरेको थियो। यसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन एकैसाथ सुरु हुनेछ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै यो पहिलो पटक संघीय संसद्को अधिवेशन आह्वान गरिएको हो। आगामी अधिवेशनमा सरकारको नीति, कार्यक्रम, प्रि–बजेट छलफल तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा व्यापक बहस हुने अपेक्षा गरिएको छ।