काठमाडौं। राष्ट्रिय जनगणना २०७८ सालको तथ्यांकलाई आधार मान्ने हो भने नेपालको कुल जनसंख्या दुई करोड ९९ लाख ६४ हजार पाँच सय ७८ रहेको छ । अहिलेको सन्र्दभमा यो तथ्यांकमा थोरैमात्र थपघट भएको हुन सक्छ किनकी पछिल्लो समय नेपालमा जन्मदर घट्दै गएको छ । तर बैंकिङ क्षेत्रको कुरा गर्नै हो भने नेपालको कुल जनसंख्या भन्दा झण्डै दुई गुणाले बढी निक्षेप खाता रहेको देखिन्छ । अर्थात चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्था बाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप खाताको संख्या छ करोड १८ लाख ५१ हजार दुई सय ३० रहेको छ । यो निक्षेप खाताको संख्या भनेको नेपालको कुल जनसंख्याको तुलनामा तीन करोड १८ लाख ८६ हजार छ सय ५२ ले बढी हो ।

गत आवको सोही अवधिमा पनि बैंकिङ क्षेत्रमा कुल पाँच करोड ८१ लाख ७२ हजार सात वटा निक्षेप खाताहरु सञ्चालनमा रहँदा कुल कर्जा खाताको संख्या १९ लाख २९ हजार सात सय ९३ वटा मात्र रहेको थियो । सो अनुसार उक्त अवधिमा बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाताको बिचमा पाँच करोड ६२ लाख ४२ हजार नौं सय सात वटाको अन्तर देखिएको थियो । यि तथ्यांकलाई आधार मान्दा नेपालको समग्र बैंकिङ क्षेत्रको निक्षेप र कर्जा खातामा निकै नैं अस्भाविक अन्तर देखिएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने चालु आवको माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुमा मात्र कुल पाँच करोड ३० लाख ३९ हजार पाँच सय ९० वटा निक्षेप खाता रहेका छन् । यस अवधिमा कुल कर्जा खाताको संख्या १६ लाख ९० हजार सात सय ५१ रहेको छ । अर्थात बाँणिज्य बैकहरुमा निक्षेप र कर्जा खाताको बिचमा मात्र पाँच करोड १४ लाख ४८ हजार आठ सय ३९ को अन्तर देखिएको छ । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुमा कुल निक्षेप खाताको संख्या चार करोड ९८ लाख ६८ हजार आठ सय ५६ रहेको कुल कर्जा खाताको संख्या १६ लाख ११ हजार चार सय ५७ रहेको थियो । यस अवधिमा बाँणिज्य बैंकहरुमा कुल निक्षेप र कर्जा खाताको बिचमा चार करोड ८२ लाख ५७ हजार तीन सय ९९ वटाको अन्तर देखिएको छ ।

ADVERTISEMENT

नेपाली बैंकिङ क्षेत्रमा कर्जामा सिमित व्यक्ति तथा समुहको मात्र पहुँच रहेको देखिन्छ । निक्षेप र कर्जा खाताको बिचमा अन्तर हुन्छ, त्यो स्वभाविक हो तर नेपालको बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाताको बिच जुन अन्तर देखिएको छ, त्यो निकै अस्वभाविक हो । यसले नेपालको बैंकिङ क्षेत्रमा वित्तीय समावेशीत कस्तो छ भन्ने प्रष्ट पार्छ ।

ADVERTISEMENT

सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरुमा पनि चालु आवको माघ मसान्तसम्ममा कुल ७७ लाख ३५ हजार ५० वटा निक्षेप खाताहरु सञ्चालनमा रहँदा कुल कर्जा खाताको संख्या दुई लाख ६७ हजार सात सय ५३ रहेको छ । सो अनुसार बिकास बैंकहरुमा पनि निक्षेप र कर्जा खाताको बिचमा ७३ लाख ६० हजार तीन सय ९३ वटाको अन्तर देखिएको छ । गत आवको सोही अवधिमा बिकास बैंकहरुमा कुल ७३ लाख ६० हजार तीन सय ९३ वटा निक्षेप खाता सञ्चालनमा रहँदा कुल कर्जा खाताको संख्या दुई लाख ७४ हजार २३ मात्र रहेको थियो । सो अनुसार बिकास बैंकहरुमा निक्षेप र कर्जा खाताको बिचमा ७० लाख ८६ हजार तीन सय ७० वटा खाताको अन्तर देखिएको थियो ।

ADVERTISEMENT

सञ्चालनमा रहेका १७ वटा फाईनान्स कम्पनीहरुको हकमा पनि चालु आवको माघ मसान्तसम्ममा १० लाख ७६ हजार पाँच सय ९० वटा निक्षेप खाताहरु सञ्चालनमा रहेकोमा कुल कर्जा खाताको संख्या ७६ हजार चार सय ४२ वटा मात्र रहेको छ । सो अनुसार फाईनान्स कम्पनीहरुमा अहिले निक्षेप र कर्जा खाताको बिचमा १० लाख एक हजार ४८ वटाको खाताको अन्तर रहेको छ । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुमा कुल नौं लाख ४३ हजार चार सय ५१ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कुल कर्जा खाताको संख्याको ४४ हजार तीन सय १३ मात्र रहेको थियो । जसअनुसार फाईनान्स कम्पनीहरुमा निक्षेप र कर्जा खाताकोबिचमा आठ लाख ९९ हजार एक सय ३८ वटाको फरक रहेको थियो ।

निक्षेप र कर्जा खाताको पछिल्लो दुई आर्थिक बर्षको सात महिनाको तथ्यांकलाई मात्र आधार मान्ने हो भने नेपाली बैंकिङ क्षेत्रमा कर्जामा सिमित व्यक्ति तथा समुहको मात्र पहुँच रहेको देखिन्छ । निक्षेप र कर्जा खाताको बिचमा अन्तर हुन्छ, त्यो स्वभाविक हो तर नेपालको बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाताको बिच जुन अन्तर देखिएको छ, त्यो निकै अस्वभाविक हो । यसले नेपालको बैंकिङ क्षेत्रमा वित्तीय समावेशीत कस्तो छ भन्ने प्रष्ट पार्छ ।

के भन्छन, राष्ट्र बैंकका उच्च अधिकारी ?
निक्षेप कर्जाखाता बिचको अन्तरलाई नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारी पनि अस्वभाविक भएको बताउँछन । अहिले बजारमा निक्षेप बढेपनि कर्जाको माग छैन । अर्थतन्त्र सहजरुपमा अघि बढेमा विस्तारै कर्जाको माग पनि बढ्छ, यसले कर्जा खाताको संख्या पनि बढाउन सक्छ, नाम उल्लेख नगर्ने सर्तमा ति अधिकारी भन्छन । साँचो अर्थमा भन्नु पर्दा कर्जा खाताको तुलनामा निक्षेप खाता यतिधेरै बढ्नुमा नियमनकारी निकायको नाताले नेपाल राष्ट्र बैंकको पनि कंहीकतै कमजोरी हुन सक्छ, ति अधिकारी भन्छन । खासमा कुनै पनि व्यक्तिले कुनै पनि बैंकमा एउटा खाता खोलेपछि सबै बैंकहरुमा त्यही खाताबाट काम हुनुपर्ने हो, तर हामीकहाँ त्यस्तो अवस्था छैंन । फरक–फरक कामको लागि फरक–फरक बैंकमा खाता खोल्ने चलन छ । त्यसले गर्दा एउटै व्यक्तिको पाँच, छ वटा बैंकहरुमा निक्षेप खाताहरु खोलिएकाछन, त्यसले गर्दा पनि निक्षेप खाता कर्जा खाता भन्दै निकै बढी देखिएको हो ।

कर्जा खाता कम हुनुमा वित्तीय साक्षरताको कमी पनि प्रमुख कारण हो । हामीकहाँ निक्षेप खाता सजिलै खोल्न सकिन्छ । तर कर्जा लिनको लागि धेरै कागजात पुरा गर्नुपर्छ । त्यसमा कर्जा भुक्तानीको ग्यारेन्टीको कुरा पनि आउँछ । यसले गर्दा पनि कर्जामा कम व्यक्तिको पहुँच भएको हुनुपर्छ । तर अर्थतन्त्र सहजरुपमा अगाडि बढेको र वित्तीय साक्षरता पुगेको अवस्थामा कर्जा खाताका संख्या पनि अवस्य बढ्छ । ति अधिकारी भन्छन ।