काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। शनिबार बिहान प्रहरीले दुवै नेतालाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार, अदालतले दुवै जनालाई पाँच–पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ। पक्राउ परेका ओली र लेखकलाई अनुसन्धानको म्याद थपका लागि अदालतमा पेश गरिएको थियो।
यसअघि उनीहरूलाई पक्राउ गर्न प्रहरीको विशेष टोलीले आवश्यक प्रक्रिया पूरा गरेको थियो। अदालतको निर्णयपछि दुवै नेता अनुसन्धानका लागि नियन्त्रणमा राखिएका छन्।








