काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवा सिंगापुरमा स्वास्थ्य उपचार पूरा गरेपछि हङकङ प्रस्थान गरेका छन्। उनको सचिवालयका अनुसार थप स्वास्थ्य जाँच तथा पारिवारिक कार्यक्रमका लागि उनी हङकङ गएका हुन्।

नियमित स्वास्थ्य परीक्षणका लागि केही समयदेखि सिंगापुरमा रहेका देउवाले उपचार सम्पन्न गरेपछि यात्रा अगाडि बढाएका हुन्। हङकङ बसाइका क्रममा उनी स्वास्थ्यसम्बन्धी थप परामर्श लिनुका साथै पारिवारिक भेटघाटमा पनि सहभागी हुने जनाइएको छ।

ADVERTISEMENT

 उनी फागुन १३ गते राति नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए।सचिवालयका अनुसार हङकङको कार्यक्रम सकेपछि देउवा स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ।

 

ADVERTISEMENT