काठमाडौं। काठमाडौं महानगरपालिकाको समन्वयमा आज उपत्यकाका विभिन्न डिपोबाट २८ हजार ८४२ सिलिण्डर ग्यास बिक्री वितरण गरिएको छ।नेपाल आयल निगमले विभिन्न ग्यास कम्पनीमार्फत डिपोहरूमा ग्यास आपूर्ति गरेको हो। निगमका अनुसार आज एभरेस्ट ग्यासका ४ हजार २५, गौरीशंकर ग्यासका ४ हजार २५, नेपाल ग्यासका १० हजार ३०, श्री ग्यासका ४ हजार ४९८, सिद्धार्थ ग्यासका १ हजार ७०८, सीताश्री ग्यासका ३ हजार ४२२ र सूर्य ग्यासका २ हजार ६६१ सिलिण्डर वितरण गरिएको छ।

उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन महानगरपालिकाले समन्वय र व्यवस्थापनमा सहयोग गरेको जनाएको छ।

ADVERTISEMENT

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार नेपाल आयल निगमबाट ग्यास पठाइएका डिपोहरूमा महानगरको नगर प्रहरीले बिक्री वितरणमा सहजीकरण गरेको हो।

ADVERTISEMENT