काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा उदयपुरमा ८२.२ मिलिमिटर मापन भएको छ।

त्यसैगरी गोरखामा ८० मिलिमिटर र चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ। मापनअनुसार तीनै ठाउँमा भारी वर्षा भएको हो। उदयपुरको कटारी र गोरखाको बारपाकमा सबैभन्दा बढी वर्षा भएको देखिएको छ। विभागले चौबीस घण्टामा ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षामा गणना गर्ने जनाएको छ।

ADVERTISEMENT

अन्य क्षेत्रमा पनि पानी परेको छ। विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया र कास्की लगायतका जिल्लामा समेत वर्षा भएको छ।

यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले वर्षापछि वायु प्रदूषणमा सुधार आउने जानकारी दिएका छन्।

ADVERTISEMENT