काठमाडौँ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन् ।
पार्टीका नेताद्वयलाई पठाइएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्।
सन्देशमा उनले नेपाल र पाकिस्तानबीच रहेको ऐतिहासिक मित्रता, सहकार्य र पारस्परिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ बनाउन पाकिस्तान सरकार नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न इच्छुक रहेको पनि बताएका छन्।







