काठमाडौं । बालेन्द्र शाह (बालेन) ले नरेन्द्र मोदी लाई धन्यवाद व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेनले सहकार्यको प्रस्तावसहित बधाई सन्देश दिएका मोदीप्रति आभार व्यक्त गरेका हुन्।

सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीले दिएको बधाई सन्देशको जवाफ दिँदै बालेनले धन्यवाद व्यक्त गरेका हुन्। उनले नेपाल र भारतबीच रहेको ऐतिहासिक तथा घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्।

“नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु,” धन्यवाद सन्देशमा बालेनले उल्लेख गरेका छन्।

ADVERTISEMENT

यसैबीच उनले लगातार दोस्रोपटक टी–२० विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई पनि हार्दिक बधाई ज्ञापन गरेका छन्।

ADVERTISEMENT

मार्च ८ मा सम्पन्न आईसीसी टी–२० विश्वकप को फाइनलमा न्युजिल्यान्ड लाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक तथा समग्रमा तेस्रोपटक उपाधि जितेको थियो।