काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले मतगणनामा अग्रता फराकिलो बनाएका छन्।पछिल्लो मतपरिणामअनुसार लामिछानेले ६ हजार ७०० मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३२९ मत ल्याएर दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसकी मिनाकुमारी खरेल २ हजार २२२ मतसहित तेस्रो स्थानमा रहेकी छन्।यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रताप गुरुङले १ हजार ५५८ मत प्राप्त गरेका छन्।मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ADVERTISEMENT