काठमाडौं । निर्वाचन आयोगले केही मतदान केन्द्रमा मतदाताले मतदान नगरेको विषय आयोगसँग सम्बन्धित नभएको जनाएको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले दार्चुला, ओखलढुंगालगायत केही स्थानमा मतदाताले मतदान बहिष्कार गरेको विषय सरकारसँग जोडिएको बताए।

ADVERTISEMENT

उनका अनुसार ती स्थानका स्थानीयले विभिन्न समयमा संघीय र प्रदेश सरकारबाट विकासका काम गर्ने प्रतिबद्धता गरिए पनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका हुन्।

ADVERTISEMENT

भण्डारीले भने, “केही ठाउँमा मतदान अस्वीकार गरिएको विषय निर्वाचन आयोगसँग सम्बन्धित होइन। विभिन्न समयमा सरकारले विकासका काम गर्ने प्रतिज्ञा गरेको रहेछ, तर त्यसअनुसार काम नभएकाले स्थानीयले असन्तुष्टि देखाएका हुन्।”

उनले देखिएको असन्तुष्टि सरकारले सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे।

ADVERTISEMENT