काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदानको पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ।
निर्वाचन आयोगका अनुसार मध्यान्ह १२ बजेसम्म देशभर ३१ लाख ९० हजार ८८ मत खसेको छ। यो कुल मतदाताको करिब १६.८८ प्रतिशत हो।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म सबैभन्दा बढी मतदान काठमाडौं उपत्यकामा भएको छ। उपत्यकामा २५.५५ प्रतिशत मत खसेको जनाइएको छ।
त्यस्तै सबैभन्दा कम मतदान मधेश प्रदेशमा भएको छ। त्यहाँ हालसम्म १०.४६ प्रतिशत मात्र मत खसेको आयोगले जनाएको छ।







