काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ अन्तर्गत एक मतदान केन्द्रमा दलका प्रतिनिधिहरूबीच विवाद भएपछि मतदान रोकिएको छ।
बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदाता उपस्थित भए तापनि दलबीचको विवादका कारण मतदान प्रक्रिया स्थगित गरिएको हो।
बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंह को पालिका रहेको छ।
अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ र विवाद समाधान गरेर मतदान पुनः सञ्चालन गर्ने प्रयास जारी रहेको जनाइएको छ।












