काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार (फागुन २१) देशभर मतदान जारी रहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।

निर्वाचन आयोगका अनुसार बिहान साढे१० बजेसम्म देशभर १० लाखभन्दा बढी मत खसेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सो समयसम्म १० लाख ६५ हजार १२० मत खसेको छ।

ADVERTISEMENT

यो कुल मतदातामध्ये करिब ६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

ADVERTISEMENT

यसपालिको प्रतिनिधिसभा निर्वाचनमा देशभर कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। आयोगले मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गर्दै मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहने जनाएको छ।