काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेका छन्।

लामिछानेले काठमाडौं–३ अन्तर्गत उपत्यका खानेपानी लिमिटेड को महाँकालचौरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

ADVERTISEMENT

मतदानपछि उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नागरिक सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरे।

देशभर बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ।

ADVERTISEMENT