काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेका छन्।
शाहले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। बिहानै मतदान केन्द्रमा पुगेर उनले शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गरेका थिए।
देशभर बिहान ७ बजेदेखि मतदान सुरु भएको छ भने मतदाताले अपराह्न ५ बजेसम्म मतदान गर्न पाउने व्यवस्था रहेको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायहरू व्यापक रूपमा परिचालन गरिएका छन्।








