दमौली (तनहुँ)। बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।

विभिन्न कारणले लामो समयदेखि नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवा–सुविधाबाट वञ्चित रहँदै आएकी भुजेललाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो।

सुरेन्द्र थापाले आफू संरक्षकका रूपमा सिफारिस गरेपछि नागरिकता जारी गरिएको शिवलाल तिवारीले जानकारी दिएका छन्।

नागरिकता प्राप्त गरेपछि भुजेलले अब सामाजिक सुरक्षा भत्ता लगायतका सेवा–सुविधा लिन सहज हुने स्थानीय तहले जनाएको छ।