काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी टोकियोबाट स्वदेशका लागि प्रस्थान गरेका छन् ।
नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा विशेष समारोह आयोजना गरिएको थियो । सो कार्यक्रममा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका थिए ।
टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूतावासका प्रमुख हरिहरकान्त पौडेल र जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले प्रतिनिधिमण्डललाई बिदाइ गरेका थिए ।
यस भ्रमणमा दुई देशबीचको मित्रता र कूटनीतिक सम्बन्ध थप सुदृढ गर्ने विषयमा छलफल र कार्यक्रमहरू सम्पन्न भएका थिए ।






