काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको तथ्याङ्क अनुसार, २०८२ असार मसान्तको तुलनामा २०८२ पुस मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ४.९ प्रतिशतले अवमूल्यन भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.८ प्रतिशतले अवमूल्यन भएको थियो, जसले यस वर्ष अवमूल्यनको दर उल्लेख्य रूपमा बढेको देखाउँछ।

ADVERTISEMENT

तथ्याङ्क अनुसार, २०८२ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १४४ रुपैयाँ ०१ पैसा पुगेको छ। यो दर २०८२ असार मसान्तमा १३७ रुपैयाँ रहेको थियो।

ADVERTISEMENT

डलरसँग नेपाली मुद्राको अवमूल्यनले आयात लागत, विदेशी ऋण भार तथा समग्र मूल्यस्तरमा दबाब बढाउन सक्ने अर्थविद्हरूको भनाइ छ।