काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्राथमिकताका क्षेत्रमा जापानी लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छन्। उनले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिलाई विशेष प्राथमिकता दिएको बताएका हुन्।

नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा टोकियोमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालमा व्यापार सहज बनाउन र विदेशी लगानी आकर्षित गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको जानकारी दिए ।

ADVERTISEMENT

उनले भने, “हामी धेरै जापानी लगानीकर्तालाई आमन्त्रण गर्दैछौँ, ताकि उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा लगानी बढाउन सकियोस्।”

ADVERTISEMENT

कार्यक्रममा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धलाई नयाँ स्तरमा पुर्‍याउने र आगामी वर्षमा द्विपक्षीय सहकार्य बढाउने विश्वास व्यक्त गरे। नेपाल र जापानबीच धार्मिक, सांस्कृतिक र पर्यटन सम्बन्ध पनि बलियो रहेको र लुम्बिनीले दुई देशका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन मद्दत गरेको उहाँले उल्लेख गरे।

त्यसैगरी, जापानी विदेश राज्यमन्त्री होरी इवाओले यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने बताए। राष्ट्रपति पौडेलले नेपालमा पर्यटन बढाउन र जापानी युवाको आकर्षण कायम राख्न पनि काम गर्नुपर्ने बताए।

ADVERTISEMENT

उहाँले थपे, “हाम्रो उद्देश्य राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनु, व्यापार विस्तार गर्नु, उच्च प्रविधि ल्याउनु र पर्यटन प्रवद्र्धन गर्नु हो।”