काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबार दिउँसो महाधिवेशन उद्घाटन गरेका हुन्।

उनीहरूले दियो बालेर र विरूवामा पानी हालेर महाधिवेशन उद्घाटन गरेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिइए पनि उनी नआएपछि महामन्त्रीद्वय थापा र शर्माले उदघाटन गरेका हुन् ।

ADVERTISEMENT

केन्द्रीय समितिले विशेष महाधिवेशनलाई स्वीकार नगरेकाले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, शेखर कोइरालादेखि अधिकांश पदाधिकारी उपस्थित छैनन् ।

ADVERTISEMENT

पदाधिकारीबाट महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी छन् । पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी छन् ।

केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङ्गेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार राय, चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार,उदय शमशेर राणा,नानु बास्तोला, योगेन्द्र चौधरी, विनोद चौधरीलगायत सहभागी छन् ।

ADVERTISEMENT