काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिहरुले नियमित महाधिवेशनको तयारीमा जुट्न अनुरोध गरेका छन् ।

उनीहरुले केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ को निर्णय अनुसार २०८३ वैशाख २८(३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकाले त्यसअघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको भन्दै उक्त अनुरोध गरेका हुन् । यसका साथै फागुन २१ गते हुने निर्वाचनको तयारीमा लाग्नसमेत उनीहरुले अनुरोध गरेका छन् ।

नियमित महाधिवेशन र निर्वाचनको तयारीमा लाग्न अनुरोध गर्ने प्रदेश सभापतिहरुमा कोशीका उद्धव थापा, मधेशका कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर छन् ।

ADVERTISEMENT

तर गण्डकी प्रदेशका शुक्रराज शर्मा र लुम्बिनी प्रदेशका अम्बरबहादुर पुनले पनि हस्ताक्षर गरेका छैनन् । शर्मा र पुन दुवै विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । यसले गर्दा कांग्रेसमा किचलो झनै बढ्ने देखिन्छ ।

ADVERTISEMENT

ADVERTISEMENT