जनकपुर। मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपाल का प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन् ।

प्रदेशसभा बैठकमा आज भएको निर्वाचनमा सात दलीय गठबन्धन तर्फबाट उम्मेदवार रहेका यादवलाई उपसभामुख बबिता राउत इशरले निर्वाचित घोषणा गरेकी हुन् । ९६ सदस्यीय प्रदेशसभामा ७२ मत यादवको पक्षमा र २४ मत विपक्षमा परेको थियो।

ADVERTISEMENT

यसअघि यादवको सभामुखमा उम्मेदवारी नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए । यादव धनुषा निर्वाचन क्षेत्र नं २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित भएका हुन् ।