काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि संघर्षका कार्यक्रम सुरु गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको थियो ।

सोही कार्यक्रमअन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

ADVERTISEMENT

जसपा नेपालले मंसिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर तथा बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।

मंसिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरू अंकित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यलयहरू अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ । मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोधसभारजनसभा आयोजना गर्नेछ ।

ADVERTISEMENT

जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोधसभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, पुस १७ गते भैरहवामा तय गरिएको जसपा नेपालले प्रेस नोटमा उल्लेख गरेको छ ।