काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

लघुवित्तको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

ADVERTISEMENT