काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश् घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र १२.५० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ ।

ADVERTISEMENT

साथै, उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।