काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ आज विशेष अदालतमा न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा हुने भएको छ। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आरोपअनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले मन्त्रिपरिषद्को निर्णयबाट काभ्रेको साँगा क्षेत्रको हदबन्दी छुटमा खरिद गरेको जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेका थिए। आयोगका अनुसार यस प्रकरणबाट राज्यलाई करीब रु. १८ करोड ५८ लाख ५० हजारको रुपैया बराबरको आर्थिक नोक्सान भएको छ । 

यो मुद्दाको आज ३ नम्बर मा पेसी तोकिएको छ। तत्कालिन संसद पद बाट निलिम्बित नेपाललाई अदालतले ३५ लाख धरौटीमा  रिहा गर्ने आदेश दिएको थियो  ।