काठमाडौं। अमेरिकाले पाकिस्तानलाई एफ–१६ लडाकु विमानहरूका लागि ६८ करोड ६० लाख अमेरिकी डलर बराबरको प्राविधिक सहायता तथा आवश्यक उपकरणहरूको बिक्री गर्न अनुमोदन गरेको छ।

अमेरिकी प्रशासनका अनुसार यो सहायता एफ १६ विमानहरूको मर्मत–सम्भार, प्रविधिक उन्नयन तथा सञ्चालन क्षमतामा सुधार गर्नका लागि प्रदान गरिनेछ। यो  सहयोगले पाकिस्तानलाई आतङ्कवादविरोधी गतिविधिमा अमेरिकासँग साझेदारी गर्ने सहयोग मिल्ने बताइएको छ ।

यद्यपि यस कदमले दक्षिण एसियाली क्षेत्रको सुरक्षा सन्तुलनलाई लिएर चासो बढाएको छ। विश्लेषकहरूका अनुसार हालै भएको भारत पाकिस्तान सिमा द्वन्दपछि पाकिस्तानको वायुसेनाको क्षमतामा सुधार हुनुले भारत, पाकिस्तानबीचको सामरिक समीकरणमा असर पार्न सक्ने देखिन्छ।

केहि समय देखि भारत र अमेरिकाबिच जारि ब्यापारिक द्वन्दका बीच आएको यो कदमलाइ अमेरिकाले भारतलाइ आफ्नो ब्यापारिक शर्त मनाउन दिएको दबाबको रुपमा समेत लिएको छ।

केहि समय अघिदेखि अमेरिकाले भारतबाट निर्यात हुने अधिकांश वस्तुहरूमा कुल ५० प्रतिशत महसुल लगाएको छ, जसमा १० प्रतिशत आधारभूत भन्सार शुल्क, सन् २०२५ अप्रिल २ मा घोषणा गरिएको २५ प्रतिशत पारस्परिक शुल्क, तथा सन् २०२५ अगस्ट २७ देखि लागू भएको प्रतिशत महसुल समावेश छन्।

यस विषयमा पाकिस्तान सरकारले अमेरिकी निर्णयको स्वागत गरेको छ भने अमेरिकी करको दबाबमा रहेको भारतले यसलाई नियमित प्रक्रिया बताईरहेको छ ।