काठमाडौं । काठमाडौं उपत्यकाका गल्ली र सडकहरूमा कहिलेकाहीँ तपाईंको ध्यान खिच्ने बिरालाहरू, कहिले घाइते कुकुरहरू, कहिले एक्लै टुलुटुलु हेर्दै बसेका जनावरहरू देखिन सक्छन् ।

धेरैलाई यी दृश्यहरू सामान्य लाग्ला, तर केही मानिसहरूका लागि यी अवहेलित जनावरहरू महत्वपूर्ण छन् । यिनै प्राणीहरूलाई बचाउने, उपचार गर्ने र सम्मानपूर्वक जीवन दिने काम गर्दै आएको छ काठमाडौं एनिमल ट्रीटमेन्ट सेन्टर नेपालले ।

बुढानीलकण्ठस्थित यो संस्था सन् २००४ मा बेलायती नागरिक तथा कलाकार द्वारा स्थापना गरिएको थियो। नेपालका सडकमा जनावरहरूलाई विष हालेर नियन्त्रण गरिँदै गरेको पीडादायी दृश्यले उनलाई भित्रैदेखि छोयो। उनले वैकल्पिक रूपमा बन्ध्याकरणलाई समाधानको बाटो ठाने र भारतको एसआइएस सँगको सहकार्यमा यो संस्था सुरु गरे। संस्थाको सुरुवातमा हरिवंश आचार्यको अध्यक्षता रहेको थियो।

आजसम्म यो संस्थाले सडकका कुकुर र बिरालाहरूको उद्धार, उपचार, बन्ध्याकरण, रेबीज खोप जस्ता महत्वपूर्ण कामहरू गर्दै आएको छ। हाल संस्था डाक्टर विदुर पियाको व्यवस्थापनमा सञ्चालन भइरहेको छ, जो आफैं पनि एक पशु चिकित्सक हुन्।

काठमाडौंमा करिब ३० हजार कुकुर छन्। हामीसँग जम्मा ३५ वटा केनल मात्रै छन्। एक दिनमा करिब १० वटा उद्धारका फोन आउँछन् तर सीमित स्रोत भएकाले दुई–तीनवटा मात्र लिन सक्छौं, डा पिया भन्छन्।

सेन्टरको बिहान केनल सफा गर्ने कामबाट सुरु हुन्छ। बिहान ३०–१० बजे र दिउँसो ३–४ बजे जनावरहरुलाई मासुभात खुवाइन्छ। पशु चिकित्सकहरूले प्रत्येक जनावरको स्वास्थ्य अपडेट रेकर्ड हेर्छन्। धेरै कामका बाबजुद संस्था १० सदस्यीय टिम द्वारा सञ्चालित छस् दुई डाक्टर, एक प्रविधिक, एक सञ्चार अधिकारी, एक लेखारलजिस्टिक्स, दुई कुकुर समात्ने कर्मचारी, एक केनल स्टाफ, एक ड्राइभर र एक नाइट गार्ड।

ूस्वयंसेवकको ठूलो खाँचो छ,ू डा। पिया भन्छन्, हामीकहाँ जनशक्ति पुग्दैन। कुकुरहरू दिनभर केनलमै बस्दा उनीहरू मानसिक तनावमा जान सक्छन्। कसैले ३० मिनेट मात्र बसेर खेलिदिए पनि वा केही समय हिँड्न लैजाँदा पनि, उनीहरू निकै खुसी हुन्छन्।

सडकमा भेटिने कुकुर र बिरालाहरू प्रायः सडक दुर्घटना, छालासम्बन्धी समस्या, डसाइ र कपाल झर्ने समस्या लिएर आउँछन्। पछिल्लो समयमा ऋत्ख्त् नामक यौन सर्न सक्ने ट्युमर देखिने केसहरू बढेका छन्।

संस्थाले यसका लागि ६ वटा केनल छुट्याएको छ र केमोथेरापी उपचार पनि दिइँदैछ। यसका साथै यहाँ आउने सबै स्ट्रीट जनावरहरूलाई रेबीजको खोप दिइन्छ, जसले भविष्यमा मानिसमा सर्ने रोग नियन्त्रण गर्न मद्दत गर्छ।

राष्ट्रिय दाताहरूबाट प्रायः चामल, मासु, बिस्कुटजस्ता खाद्यान्न र सामग्री प्राप्त हुन्छ भने अन्तर्राष्ट्रिय दाताहरू, विशेष गरी सामाजिक सञ्जाल, पर्यटकहरू र अमेरिकी बोर्डमार्फत केही आर्थिक सहयोग गर्छन्। टोखा र बुढानीलकण्ठ नगरपालिकासँग संस्थाले सहकार्य गरिरहेको छ, जसले थोरबहुत सहयोग पुर्‍याएको छ। काठमाडौं महानगरपालिकाले भने वर्षमा एक–दुई पटक मात्र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्छ, जुन उपयोगी भए पनि योमात्रैले स्थायी रूपमा समस्याको समाधान हुन सक्दैन। संस्था अझ प्रभावकारी रूपमा चलाउन, नियमित र दीगो सहयोग अपरिहार्य छ।

हालको अवस्था निकै चुनौतीपूर्ण छ। संस्था आर्थिक सङ्कटबाट गुज्रिरहेको छ। कुकुर र बिरालाहरूको उद्धार, उपचार, खोप, खाना र बसोबासजस्ता कार्यहरूलाई निरन्तरता दिन अब अझ बढी दान, सहयोग र समर्थन आवश्यक छ— नागरिकहरूसँगै सरकारबाट पनि। संस्था अझ प्रभावकारी रूपमा चलाउन, नियमित र दीगो सहयोग अपरिहार्य भइसकेको छ। यदि हामी आज सहयोग गर्‍यौं भनेमात्र भोलिको सुधार सम्भव हुनेछ।

काठमाडौं एनिमल ट्रीटमेन्ट सेन्टर नेपाल जस्ता संस्थाहरूले सडकमा बाँचिरहेका आवाजविहीन जनावरहरूको जीवनमा आशाको उज्यालो दिन्छन्। तर, सधैंभरि सीमित स्रोत र साधनमा टिकिरहनु सजिलो छैन। यो संस्था अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले, तपाईं हामी सबैको सहयोग आवश्यक छ — चाहे त्यो खाना, औषधि, वा आर्थिक सहयोग होस्।

सरकारले पनि यस्ता संस्थालाई केवल सहानुभूति होइन, सस्तो होइन सशक्त साथ दिन आवश्यक छ। यदि तपाईंले यो कथाले छोएको महसुस गर्नुभयो भने, कृपया यथासम्भव सहयोग गर्नुहोस्, किनभने तपाईंको सानो साथले पनि उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।