काठमाडौं । अब विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने भएका छन्।

चालुु आर्थिक वर्षको मौद्रिक नीतिमा घोषणा गरिएको व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले परिपत्रमा संशोधन गरेर यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

ADVERTISEMENT

हाल भारतबाहेक अन्य मुलुक भ्रमणमा जाने नेपाली नागरिकले एक पटक २५ सय अमेरिकी डलरसम्म साट्न पाइरहेका छन्। अब भने एकपटक तीन हजार अमेरिकी डलरसम्म साट्न पाउने छन्।

बैंकहरूले यसरी राहदानी बापत र औपचारिक भ्रमण बापतको सटही सुविधा परिवर्त्र्य विदेशी मुद्राको खातामा जम्मा गरी नयाँ खाता खोलि समेत० उपलब्ध गराउन सक्ने भएका छन्।

ADVERTISEMENT