काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

अधिकारीसहित क्यानका ११औं तहका मुरारी भण्डारीलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । भक्तपुरको नलिञ्चोकस्थित हेलिप्याड विस्तारसम्बन्धी केसमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अधिकारी र भण्डारीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ । अधिकारीविरुद्ध अख्तियारले अन्य कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।